कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर बसपार्कबाट डेढ लाख बढी बराबरको अवैध सामान बरामद गरेको छ । भीमदत्त नगरपालिका–४ मा रहेको बसपार्कबाट भन्सार छलेर ल्याइएका सामान बरामद गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भारतबाट ल्याएको ९६ थान लेडिज उलन सुट, बिडी ८२ बण्डल र खुल्ला बिडी ५ सय ५० पोका गरि अन्दाजी १ लाख ६६ हजार ९ सय बराबरको सामान बरामद गरेको बताएका हुन् ।  बरामद सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको उनले बताएका छन् ।