काठमाण्डौँ : अर्थमन्त्री विष्णु पौडेलले ‘सरकारलाई पार्टीभित्रैबाट काम गर्न नदिएको कारणले प्रधानमन्त्रीले निर्वाचन तोक्नुभएको बताएका छन् । प्रेस संगठन नेपालको दोस्रो राष्टिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘मुलुक निर्वाचनमा गइसक्यो, वैशाख १७ र २७ मा निर्वाचन हुन्छ। ओली नेतृत्वको नेकपाले नै निर्वाचनमा बहुमत ल्याउँछ’ उनले भने, ‘सरकारलाई पार्टीभित्रैबाट काम गर्न नदिएको कारणले प्रधानमन्त्रीले निर्वाचन तोक्नुभएको हो।’ 

कार्यक्रममा उनले निर्वाचनको तयारीमा लाग्दा पनि सरकारले कोरोनाको खोप ल्याउने बताए । ‘कोरोनाको गुणस्तरीय खोप ल्याउने तयारीमा गरिरहेका छौँ । सरकारले कोरोनाको खोप नि:शुल्क उपलब्ध गराउँछ’ उनले भने, ‘निर्वाचनको तयारी लाग्दा पनि सरकारले कोरोनाको खोप उपलब्ध ल्याउँछ।’