काठमाण्डौँ : पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८३ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७५ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५ हजार १२ जनामा पिसिआर परीक्षण गरिएको छ ।