विराटनगर : प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक छोटो समय बसेर स्थगित भएको छ । पहिलो बैठकमा कविरव ३ मिनेटमात्रै बसेर सकिएको हो । 


बैठक सुरु भएलगत्तै सभामुख प्रदीप कुमार भण्डारीले प्रदेश प्रमुखको पत्र बाचन गरेर बैठक स्थगित भएको जानकारी गराएका छन् । सामान्यतया अधिवेशन सुरु भएको दिन दलका नेताहरुलाई सम्बोधन गर्न दिने चलन छ । अर्को बैठक कहिले बस्ने भन्ने सूचना समेत जारी गरिएको छैन । नेकपा भित्रको कलहका कारण बैठक छोटो समय बसेर स्थगित गरिएको हो ।