काठमाण्डौँ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू निर्वाचन विरोधी नभएको जिकिर गरेका छन् ।

बुधबार राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले हामी निर्वाचन विरोधी होइनाै‌ तर, हामी अहिले त्यता जाने पक्षमा छैनौं उनले बताए । संविधानमाथि प्रहार भएकाले संसद पुनःस्थापना गराउन लागिरहेका छौं’, उनले भने, ‘पुनःस्थापना भएन भने संविधान सकिन्छ । निर्वाचन त जस्तो सुकै तानाशाहले गराएका छन्। संविधान र प्रणाली मिचेपछि हामी उत्रिएका हौं ।’

उनले आफूहरू निर्वाचन विरोधी नभएको जिकिर गरे । ‘एक सालपछि स्थानीय तहको निर्वाचन हुने नै थियो । त्यसको तयारीमा थियौँ’, उनले भने । अहिले सिस्टम बसाल्न आवश्यक रहेको भन्दै प्रचण्डले नेतृत्व हस्तान्तरणको विषयमा छलफल पनि चलिरहेको बताए ।  यहि टिमले त्यो सिस्टम बसाल्छ । हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने मान्छे होइनौं । संघीय लोकतान्त्रिक गणतन्त्र माथि प्रहार भएपछि हामीले सहि कदम चाल्नुपर्छ’, उनले भने ।