काठमाण्डौँ : नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ५०० रुपैयाँले बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । 
यसैबीच बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँले बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।