काठमाण्डौँ : कोरोना भाइरसको संक्रमणबाट विश्वमा सर्वाधिक प्रभावित अमेरिकामा मंगलबार कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । मंगलबार बेलुकासम्म अमेरिकामा ४,०१,५३३ जनाको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ । 

संसारभरी कोरोनाका कारण हालसम्म २० लाख ५६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यीमध्ये सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ । कोरोनाका कारण मृत्युको मामिला अमेरिकापछि ब्राजिल, भारत, मेक्सिकोलगायतका देशमा सर्वाधिक छ ।

अमेरिकामा लगभग यति नै मानिस दोस्रो विश्वयुद्धको क्रममा मारिएका थिए जुन तीन वर्ष ९ महिनासम्म चलेको थियो  ।