डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार अमरगढी नगरपालिका–२ कैलपालमाण्डौंमा ट्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेश बहादुर ऐरको मृत्यु भएको हो। दुर्घटनामा परि ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनीहरुको उद्वार गरि डडेल्धुरा अस्पताल पुगाइएको छ। घाइतेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ।