काठमाण्डौँ : नेकपा प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले कम्युनिस्ट पार्टीको नाममा अलोकतान्त्रिक शासनको जन्म भएका बताएका छन् । मंगलबार (आज) काठमाडौमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अवको क्रान्तिबाट महाराज शैलीका शासक नखोजेको बताए ।

‘जारी आन्दोलनले अव यो क्रान्ति, संघर्ष र जागरणले हाम्रो छेवैमा भएका महाराजहरु रहदैनन् भन्ने संकल्प गर्नुपर्छ । कम्युनिस्ट पार्टीको नाममा अलोकतान्त्रिक शासनको जन्म भयो । यसको हिसाब किताब चुक्ता गर्नुपर्नेछ, पार्टी भित्रको व्यवस्था बदल्न नसक्दा पीडा भोग्नु परेको छ । विधान, संविधान र जनअधिकारको खिलाफमा जाने शासक जन्मदैन भन्ने संकल्प गर्नुपर्ने छ’ नेता भट्टराईको भनाई छ । भट्टराईले नेकपाको मुल नेतृत्व प्रचण्ड र माधव नेपाल रहेको भन्दै यही पार्टी नै आधिकारिक भएकाले यसले समाजदउन्मुख व्यवस्थाका लागि पहल गरिरहेको बताएका छन् ।