बाँके : बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका नेपालगञ्जका दुई जना पुरुषको मृत्यु भएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ७० वर्षीय पुरुषको गएराति साढे ९ बजे र वडा नम्बर १ धम्बोझीका ४९ बर्षीय पुरुषको आज विहान सवा ६ बजे मृत्यु भएको जानकारी दिएका हुन् ।

यसका साथै बाँकेमा कोरोनाबाट ५१ जनाको मृत्यु भएको छ ।