काठमाण्डौँ : भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५ सय ८० जनामा नकारात्मक असर देखिएको छ । तीमध्ये ७ जना अस्पताल भर्ना भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार खोप लगाएपछि कर्नाटकमा एक जना र उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको हो । कर्नाटकमा पहिलो दिन खोप लगाएका ४३ वर्षीय बिरामीको खोप लगाउनासाथ मृत्यु भएको र उत्तर प्रदेशको मुरादाबादमा खोप लगाएका ५२ वर्षीय व्यक्तिको भोलिपल्ट मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

भारतमा जारी खोप अभियानमा तीन दिनमा ३ लाख ८१ हजारभन्दा बढीलाई खोप लगाइएको छ । खोप लगाइएकामध्ये शून्य दशमलब २ प्रतिशतमा प्रतिकुल असर देखिएको हो । पहिलो चरणमा त्यहाँ सरसफाइकर्मी र स्वास्थ्यकर्मीलाई खोप लगाइएको छ ।