काठमाण्डौँ : पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६ जनाको कोरोना परीक्षण गर्दा ३ सय २२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या १ सय २४ र पुरुषको संख्या १ सय ९८ छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ७४ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय ७४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३ हजार ८ सय ६१ रहेको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ ।