काठमाण्डौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका काम कारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ पेश भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले प्रतिवेदन पेश गरेका हुन् । उक्त कार्यक्रममा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुुरागाईँलगायत सहभागी रहेका थिए ।