काठमाण्डौँ : नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अधिकारको दुरुपयोग गरेको बताएका छन् ।

प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै सोमबार उनले ओलीले चुनाव गर्न खोजेर चुनावको मिति घोषणा नगरेको बताए । अध्यक्ष नेपालले भने ‘उहाँलाई चुनाव गर्नु छैन । संकटकाल लगाएर भएपनि प्रधानमन्त्री भइरहन खोजेको मात्रै हो’ । उनले सिंगो देश एकातिर र ओली अर्कोतिर भएको भन्दै यस्तो बेला ओलीलाई मुख देखाउन नै कठिन भएको बताए । ओलीको प्रतिगामी कदमविरुद्ध गाउँ गाउँ र बस्तीबस्तीबाट आन्दोलन गर्नुको विकल्प नभएको अध्यक्ष नेपालको भनाई छ ।