काठमाण्डौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद पदको लागि नभएको स्पष्टीकरण दिएका छन् । सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘अहिले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडिएर हेर्ने गरिएको छ । तर, यो विवाद पदको लागि होइन । विधि र विधानको मात्रै हो’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेर संकटको अवस्था आएको उनले बताए । ‘पार्टीभित्रको समस्याको बिषयमा छलफल नै नगर्ने बहुमतको निर्णय पनि नमान्ने भन्नुभयो । त्यसैले उहाँलाई बहुमतको साथ हटाइएको हो’ उनले भने, ‘ओलीकै कारणले अहिलेको अवस्था आइरह्यो ।’  ओली छलकपट र जालझेली गर्नमा माहिर भएको दाबी गरे। पार्टीको सहमति र पार्टीभित्रको विधान हेरेपछि सबै कुरा स्पष्ट हुने दाबी गरे।