काठमाण्डौँ : नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अधिकारको दुरुपयोग गरेको बताएका छन् ।

सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौमा सम्बोधन गर्दै उनले आफुहरुको स्पस्ट बहुमत भएका कारण सूर्य चिन्ह आफुहरुको भएको बताए । ‘पार्टीमा हाम्रो स्पस्ट बहुमत छ । त्यसकारण सूर्य चिन्ह हाम्रै हो । ओलीको अस्ताउँदो सूर्य हो, उदाउदो सूर्य चिन्ह त हाम्रो हो’, अध्यक्ष नेपालको भनाई छ । ओलीको प्रतिगामी कदमविरुद्ध गाउँ गाउँ र बस्तीबस्तीबाट आन्दोलन गर्नुको विकल्प नभएको अध्यक्ष नेपालको भनाई छ ।