कञ्चनपुर : कञ्चनपुर प्रहरीले सोमबार (आज) वन मुद्धाका २ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बगुनका २३ वर्षीय महेश राना र सोही ठाउँका ३३ वर्षीय बिर्जु चौधरीलाई पक्राउ गरेको हो । 

जिल्ला अदालत कञ्चनपुरले २०७६ असार २३ गते दुवैलाई १/१ महिना कैद र जनही १७ हजार ७ सय ३९ रुपैँया जरिवानाको फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले सोमबार घरमै लुकेर बसेका दुवैलाई पक्राउ गरि आवश्यक कारवाहीका लागि अदालतमा पेश गरेको बताएका छन् ।