सप्तरी : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सकरदही टोलमा सोमबार बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।

वडाध्यक्ष सन्तोष गोइत यादवले कंकालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट सल्किएको आगलागीमा परी  नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर जलेर नष्ट भएको जानकारी दिएका छन् ।  

आगलागीबाट खाद्यन्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिब २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनले बताए । स्थानीयवासी, दमकल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले आगो निभाएका थिए ।