काठमाण्डौँ : पछिल्लो २४ घण्टामा देशभर २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५०८  जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षण गरिएको छ । 

योसँगै देशभर संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ छ भने क्वारेन्टाइनमा २३१ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ४०० जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९५९ रहेको छ ।