जाकार्ता : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

यस भूकम्पमा परी शुरुमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको थियो । हाल यो संख्या बढेर ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको हो । 

भूकम्पका कारण १५ हजार भन्दा बढी मानिस विस्थापितसमेत भएको अधिकारीहरूले शनिबार जानकारी दिएका थिए । भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरूमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।