काठमाण्डौँ : निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरिएको छ, तर प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै परेको मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ ।

त्यही बेला आयोगले राजनीतिक दलहरुलाई छलफलमा बोलाएर मतदाता नामावलीसम्बन्धी प्रस्तावित कार्यक्रमबारे छलफल गरेको छ । आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने तथा त्रुटि भए सच्याउन १६/१७ गते निवदेन दिने प्रस्ताव गरेको छ ।