कञ्चनपुर कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नम्बर २ स्थित हुलाकी सडकखण्ड अन्तर्गत धनगढी–बेलौरी सडकखण्डमा ट्रयाक्टर दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भकुण्डाबाट उत्तरायणी पर्व मनाएर फर्किरहेका भक्तजनलाई बोकेर शनिबार बेलुका ४ बजेतिरको समयमा मोतीवस्तिबाट सीमरातर्फ आउँदै गरेको  से१त ६५०६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अन्य १७ जनाको भने स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।