काठमाण्डौँ : आइतबार सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै शुक्रबार ९२ हजार रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९१ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी तोलामा ३० रूपैयाँ घटेर १ हजार २३० रूपैयाँमा कारोबार भइरहेको छ ।