काठमाडौ ,३ पुस
डा.गोविन्द केसीले न्यायालय अग्नी परिक्षामा रहेको बताएका छन । शनिवार माईतिघर मण्डलामा संसद विघटन विरुद्ध नागरीक समाजले गरेको प्रर्दशनमा बोल्दै डा.केसीले संसद विघटनको मुद्धा न्यायालयमा पुगिसकेकाले संविधानको रक्षा गर्ने दायित्व न्यायालयको भएको बताएका हुन । उनले संसद विघटन असंवैधानिक भएको बताउँदै संसद विघटन विरुद्धको मुद्धा न्यायालयमा भएकाले तीन करोड नेलालीको निगरानीमा न्यायालय रहेको बताए ।
“न्यायालयले संसद विघटनको मुद्धा सदर गरे न्यायालयको विरुद्ध जनता सडकमा आउन सक्छन ।” डा.केसीले भने–“न्यायालय अहिले अग्नी परिक्षामा छ ।” उनले ओली नेतृत्वको सरकार तानाशाह बनेको आरोप समेत लगाए । “जनताले दुई तिहाई मत जनताको सेवक बन्न दिएको हो तानाशाह बन्न होईन ।” डा.केसीले भने–“तानाशाहीलाई जवाफदेही बनाउन दण्डित गनुपर्छ ।” त्यसैगरी प्रर्दशनमा सहभागी वरिष्ठ अधिवक्ता हृद्धयेश त्रिपाठीले ओलीले संविधान माथी कु गरेको आरोप लगाए ।
उनले प्रधानमन्त्रीले धारा उल्लेख नगरी प्रतिनिधिसभा विघटन गनए सिरारिस गरेको भएपनि राष्ट्रपतिले धारा उल्लेख गरेर प्रधानमन्त्रीको निर्णय सदर गरेको बताए । “अव संसद पुनःस्थापना भयो भने पहिलो एजेन्डा राष्ट्रिपतिमाथी महाअभियोग लगाउनुपर्छ ।” उनले भने–“संविधान संवद छभने राष्ट्रिपतिले स्वीकृत गर्ने हो संविधान विपरीत छ भने फिर्ता पठाउने हो त्यसमा थपघट गर्ने होईन ।” प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानीक संसद विघटन गरेको भन्दै देशव्यापी रुपमा दिनहु प्रदर्शन भइरहेको छ ।