मुम्बाई : भारतको दक्षिण–पश्चिमी राज्य कर्नाटकमा भएको सडक दुर्घटनामा कम्तीमा ११ जना व्यक्तिको मृत्यु भएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को ट्रकसँग ठोक्किँदा दुर्घटना भएको थियो । त्यसमा परी अरु सातजना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्‍याइएको छ ।

मृत्यु हुनेमा दशजना यात्रु महिला रहेको प्रहरीले जनाएको छ । सो दुर्घटनास्थल बैंग्लोरबाट ४३० किलोमिटर टाढा रहेको छ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ । प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँचजना महिलाको अवस्था चिन्ताजनक रहेको छ । ती यात्रुहरु पारिवारिक कामका लागि हिँडेका थिए । उनीहरु गोवा जान लागेको प्रहरीले जनाएको छ ।