काठमाण्डौँ : पछिल्लो २४ घण्टामा ३ हजार ८४ जनाको कोरोना परीक्षण गर्दा मुलुकभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ७० संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ ।

यसैगरी कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ९० जना निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ संक्रमितको मृत्यु भएको छ । योसँगै मुलुकभर मृतकको संख्या १ हजार ९ सय ४८ पुगेको छ ।