काठमाण्डौँ : कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई विभागले आपतकालीन अनुमति दिएको हो ।

विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो । कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।