काठमाण्डौँ : राष्ट्रिय महिला लिग फुटबल माघ ७ गते देखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार सात टिम सहभागी यो लिग एक महिना लामो हुनेछ ।

लिग खेल्ने हरेक टिमले चार विदेशी खेलाडी राख्न र खेलाउन सक्नेछन् भने प्रतियोगिताअवधिभर कुनै खेलाडी वा अफिसियललाई कोभिड– १९ को शंका लागेमा एन्फाले नै आइसोलेसनको व्यवस्था गर्नेछ । लिगको पहिलो र अन्तिम खेल दशरथ रंगशालामा हुनेछ भने बाँकी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगिता विजेताले १५ लाख पाउनेछ भने दोस्रो हुनेले ८ लाख, तेस्रोले पाँच लाख र चौथोले तीन लाख रुपैयाँ पाउनेछ ।