कञ्‍चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपलिका–५ आमखैयामा बिहीबार साँझ दुईटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका-१३ का आशिष जोशी र कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाणीका जनक बोहरा रहेका छन् । मृत्यु भएका दुवै मोटरसाइकल चालक हुन् ।

कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको से ६ प ३१६८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट गइरहेको सुप प्र. ०१–००८ प ७१५७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् । मोटरसाइकलमा सवार कैलालीको लम्कीचुहाका मिसन राठौर र कृष्णपुर-२ बाणीका शंकर भारती गम्भीर घाइते भएका छन् ।