काठमाण्डौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको ‘असंवैधानिक कदम’विरुद्ध माघ ३ गते शनिबार (भोलि) ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध  काँग्रेस देशव्यापी प्रदर्शन गरिरहेको छ । पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली काँग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।

शुक्रबार  देउवाद्वारा जारी विज्ञप्तिमा ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु,’ उल्लेख गरिएको छ ।