गुल्मी : गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् । कालीगण्डकी गाउँपालिका-२ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको हो ।

जिप सडकबाट अन्दाजी १८ मिटर तल खस्न जाँदा जिपमा सवार १३ जना घाइते भएको छन् । घाइतेहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको छ ।

जिप चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २८ वर्षीय राजन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान छ ।