दाङ : दाङमा ग्यास लिक भएर आगलागी हुँदा २ जना गम्भीर घाइते भएका छन् । तुलसीपुर उप-महानगरपालिका १७ वनकट्टामा बिहीबार बिहान करिव ४ बजे ग्यास लिक भएर आगोलागी हुदा ४४ वर्षीय वसन्त वली र उनकी श्रीमती गीता वली गम्भीर घाइते भएका हुन् ।

ग्यास लिक भएर आगलागी हुँदा ब्रोइलर कुखुरा पालेको घर र कुखुरा पुर्ण रुपमा नष्ट भएको छ । ब्रोइलर कुखुराको बच्चाहरुलाई न्यानो बनाउने क्रममा लिक भएको ग्यासबाट आगलागी हुदाँ उनीहरु जलेको हुन् । आगोलाई दमकलको सहयोगमा निभाइएको थियो।