काठमाण्डौँ : चीनमा आठ महिनापछि कोरोना भाइरस (कोभिड–१९) बाट एकजनाको मृत्यु भएको छ ।

पछिल्लो समय चीनमा कोरोना संक्रमण बढिरहेको समयमा बिहीबार कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको हो । चीनमा अहिले कोरोना संक्रमण १० महिनाकै उच्च अवस्थामा पुगेको छ । अहिले चीनले आफ्नो उत्तरी क्षेत्रमा कोरोना संक्रमण नियन्त्रणका लागि दुई करोड मानिसको बसोबास रहेको क्षेत्रमा लकडाउनको घोषणा गरेको छ भने एक प्रान्तमा आपतकालीन अवस्थाको घोषणा गरेको छ । बिहीबार चीनको स्वास्थ्य नियामकले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३८ नयाँ संक्रमित भेटिएका थिए ।