काठमाण्डौँ : नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बिहीबार दिउँसो बस्दैछ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा ३ बजे स्थायी कमिटी बैठक बोलाइएको छ ।

संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम गरिरहेको यो समूहको बैठकमा यिनै समसायिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । यो समूहको स्थायी कमिटी बैठक पुस १९ र २० गते बसेको थियो ।