काठमाण्डौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणका लागि आज नयाँ दिल्लीस्थान गरेका छन् । भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली बिहीबार (आज) भारत गएका हुन् ।

मन्त्री ज्ञवालीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी रहेका छन् । मन्त्री ज्ञवाली भारतमा ३ दिनसम्म चल्ने नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने जनाइएको छ ।

मन्त्री ज्ञवालीले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । आयोगको बैठकमा भने नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने जनाइएको छ । मन्त्री ज्ञवाली ३ गते  शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।