काठमाण्डौँ : पूर्वराज्यमन्त्री एवम् भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ ।

बिहीबार बिहान काठमाण्डौँमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा यादवको निधन भएको हो । उनी नेकपा बाँकेको इञ्चार्ज थिए । उनलाई यही पुस १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्टै उनलाई उपचार गर्न हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । मधुमेहबाटसमेत पीडित यादवको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । उनी पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्यसमेत थिए ।