काठमाण्डौँ : राजधानीमा आयोजित प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीमाथि कटाक्ष गर्दै उखान टुक्काले हँसाएर कमेडी सो देखाउन आफूहरु नजुटेको बताए ।

समाजवादतिर जाने बाटो बन्छ भनेर आफूले पार्टी एकता गरे पनि प्रधानमन्त्रीबाट संविधान र गणतन्त्र नै मास्ने काम भएको उनले बताए ।उनले केपी ओलीमाथि कटाक्ष गर्दै उखान टुक्काले हँसाएर कमेडी सो देखाउन आफूहरु नजुटेको बताए ।अध्यक्ष प्रचण्डले भने, ‘हामी उखान टुक्काले हसाएर कमेडी सो देखाउन जुटेका होइनौं । मान्छेहरुलाई उद्वेलित बनाउन उपस्थित भएका होइनौं । हाम्रा आँखा अगाडि यति ठूलो परिवर्तनमाथि प्रहार भएको छ । हामीले स्थापित गरेका परिवर्तनका मुद्दा एम्बुसमा परेपछि हामी एकजुट भएका हौं ।’