कञ्चनपुर : बुधबार (आज) सुदूरपश्चिममा ३ जानामा कोरोना संक्रमण पुष्टि देखिएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६० जनाको नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । कैलालीको धनगढी उप–महानगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए । आज पनि कञ्चनपुरमा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण देखिएन ।