डोटी : डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु र चारजना घाइते भएका छन् । शिखर नगरपालिका– ८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा शिखर–३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो ।

घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेका छन् । अटोमा सातजना सवार रहेको र अन्य दुईजना भने सकुशल रहेका छन् ।