काठमाण्डौँ : विवेकशील साझा पार्टीले अन्य राजनीतिक दलसँग एकता गर्नका लागि केशव दाहालको संयोजकत्वमा राजनीतिक संवाद समिति गठन गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामर्थ्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ राजनीतिक संवाद समिति गठन गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जनाएका छन् । केशव दाहालको संयोजकत्वमा गठन भएको उक्त समितिमा रमेश पौड्याल, समीक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेका छन् ।

राजनीतिक संवाद समितिका संयोजक दाहालले विवेकशील साझा पार्टीसँग मिलेर अघि बढ्न चाहने पार्टी, समूह, अभियान र व्यक्तिहरूलाई समितिसँग सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।