कालिकोट : कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ । 

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय छोरा गणेश र सात वर्षीय छोरा मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको छन् ।