काठमाण्डौँ : अमेजन मालिक जेफ बेजोस बिश्वकै सार्वाधिक धनी व्यक्ति बनेका छन् । टेस्ला र स्पेसएक्सका मालिक इलोन मस्कले एकैदिनमा १४ विलियन डलर सम्पत्ति गुमाएपछि इलोन मस्क पुनः संसारकै सर्वाधिको धनीको दोस्रो स्थानमा झरेका हुन् ।

सोमबार टेस्ला इलेक्ट्रिक मोटरको सेयर बजारमा ८ प्रतिशतको गिरावट आएका कारण पुनः अमेजन मालिक जेफ बेजोस नम्बर एकको सूचिमा चढेका छन् ।अहिलेको मस्कको कूल सम्पत्ति १७६.२ बिलियन डलरमा खुम्चिएको छ । अहिले मस्क बजोसभन्दा ६ बिलियन डलरले मात्र पछाडि छन् । सोमबार अमेजनको सेयर बजार पनि २ प्रतिशतले घटेको छ । गत मार्च २०२० मा टेस्लाको सेयर मार्केटमा आएको उछालसँगै मस्कको सम्पत्ति १५० विलियन डलर पुगेको थियो ।