काठमाण्डौँ : बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु १०० बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।  

यस्तै मंगलबार तोलामा १२५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२६० रुपैयाँमा कारोबार भएको छ ।