काठमाण्डौँ : इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी घुससहित पक्राउ परेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा भण्डारीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्ति छुटाइदिने प्रलोभनमा पारेर सेवाग्राहीसँग रकम माग गरेको भन्ने सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको थियो ।