काठमाण्डौँ : पछिल्लो २४ घण्टामा ५ हजार ३ सयको परीक्षण गर्दा मुलुकमा ४ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ३० जनामा कोरोना पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ९० जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ५९ हजार ३ सय ६५ पुगेको छ ।

त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ३२ पुगेको छ।