कञ्चनपुर : मंगलबार (आज) सुदूरपश्चिममा ३ जानामा कोरोना संक्रमण पुष्टि देखिएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टा ९५ जनाको नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । कैलालीको गोदावरी नगरपालिकाका २ जना र धनगढीका १ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए । आज कञ्चनपुरमा कसैमा पनि कोरोना संक्रमण देखिएन ।