काठमाण्डौँ : अमेरिकामा एकैदिन २ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार सोमबार मात्रै अमेरिकामा २ लाख ४ हजार ६ सय ५२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै सोमबार कोरोनाका कारण थप १ हजार ७ सय ३१ जनाको मृत्यु भएको छ ।
योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ७६ हजार नाघेको छ भने २ करोड २६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्ला ७ दिनमा अमेरिकामा लगातार २ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ । पछिल्लो हप्तामा मात्रै अमेरिकामा १७ लाखभन्दा बढीमा कोरोना संक्रमण भएको र करिब २० हजारको मृत्यु भएको सीएनएनले जनाएको छ ।