काठमाण्डौँ : माइतीघर मण्डलमा विवेकशील पार्टीले संसद विघटन विरुद्ध दाँत माझेर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको र अधिनायकवाद लादेको भन्दै विवेकशीलले प्रदर्शन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि राष्ट्रियसभाको रोष्ट्रममा उभिएर ‘थुकेको’ घटनाको पनि प्रतिकात्मक रुपमा विरोध गरेको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको रोस्ट्रममा उभिएर थुक्नु सार्वजनिक स्वास्थ्यको लागि हानिकारकसँगै सार्वजनिक शिष्टताको हिसाबले पनि उचित नभएको भन्दै विवेकशील पार्टीले मंगलबार थुक्ने भाँडोसहित माइतीघरमा प्रदर्शन गरेको हो ।

विवेकशील पार्टीले हरेक दिन माइतीघर मण्डलमा पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर सरकार र प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरिरहेको छ ।