काठमाण्डौँ : काठमाण्डौँको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन् ।

आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फ अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक विष्णु प्रसाद आचार्यलाई प्रहरीले कलेजबाटै सोमबार पक्राउ गरेको हो । आचार्यमाथि अवद्र व्यवहारमा मुद्धा चलाई थप अनुसन्धान अगाडि बढाइएको छ ।