सप्तरी : सप्तरीमा सार्वजनिक रुपमा छाडिएको साँढेको आक्रमणबाट एक जना वृद्धाको मृत्यु भएको छ ।

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ निवासी ८० वर्षीया दुर्गीदेवी साहको साँढेको आक्रमणमा ज्यान गएको हो । उनी आफ्नै घर अगाडि बाटोमा हिंडिरहेको अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले पछाडिबाट आक्रमण गर्दा साह गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु हो ।